२०८२ साउन १३ गते मङ्गलवार / Jul 29 , 2025 , Tuesday
२०८२ साउन १३ गते मङ्गलवार
Ads

श्रम संसार पोर्टल नागरिक एपमा जोडियो, रोजगारीलाई कामदारको पहुँचमा पुर्‍याउन योगदान पुग्ने विश्वास

shivam cement
मध्यान्ह
२०८२ साउन १२ गते १७:४३
श्रम संसार पोर्टल नागरिक एपमा जोडियो, रोजगारीलाई कामदारको पहुँचमा पुर्‍याउन योगदान पुग्ने विश्वास

काठमाडौं : सरकारले रोजगारदाता र रोजगारी खोजिरहेकाहरुलाई जोड्न तयार पारेको श्रम संसार पोर्टल नागरिक एपमा जोडिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको श्रम संसार अनलाइन पोर्टल नागरिक एपमा जोडिएको हो । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा श्रममन्त्री शरतसिंह भण्डारी र योजना आयोगका सदस्य डाक्टर प्रकाश कुमार श्रेष्ठले संयुक्तरूपमा उद्घाटन गरेका छन् ।

श्रमसंसार पोर्टल नागरिक एपसँग जोडिएसँगै एकीकृत रूपमा विभिन्न सेवा प्रदान गर्ने श्रम मन्त्रालयले जनाएको छ । श्रममन्त्री भण्डारीले नेपाल सरकारको ‘डिजिटल नेपाल’ योजनालाई सफल बनाउन यो कार्य गरिएको भन्दै यसबाट आन्तरिक तथा वैदेशिक रोजगारीलाई कामदारको पहुँचमा पुर्‍याउन महत्वपूर्ण योगदान पुग्ने बताए ।

श्रममन्त्री भण्डारीले केही समयअघि इरान–इजरायल युद्धका समयमा अलपत्र परेका केही नेपाली कामदार श्रम संसार एप्स मार्फत मन्त्रालयसँग सम्पर्कमा आएको र त्यसपश्चात उनीहरूलाई सहजरूपमा उद्धार गरिएको बताए ।

उनले श्रम संसार एपमार्फत स्वदेश तथा विदेशमा रोजगारीको खोजी, टेलिमेडिसनलगायत स्वास्थ्य उपचार र अन्य आपतकालीन सेवा प्रवाहमा सहज हुने जानकारी दिए । उनले अब कुन म्यानपावर कम्पनीले कहाँ विज्ञापन गरेको छ वा कुन रोजगारदाताले के कस्तो जनशक्ति खोजेको छ भन्नेबारे सजिलोसँग थाहा पाउन सकिने बताए । 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा श्रेष्ठले श्रम मन्त्रालयले रोजगारदाता र श्रमिककीच परम्परागत रूपमा रहेकोे दुरी घटाउन एप्समार्फत महत्वपूर्ण कदम चालिएको टिप्पणी गरे ।

ADV

सम्बन्धित खबर

Advertise