२०८२ साउन १२ गते सोमवार / Jul 28 , 2025 , Monday
२०८२ साउन १२ गते सोमवार
Ads

विपद् जोखिम मूल्यांकन र कार्ययोजना निर्माण

shivam cement
सन्तोष पौडेल
२०८२ साउन ११ गते २०:३३
विपद् जोखिम मूल्यांकन र कार्ययोजना निर्माण

बर्दिया : बर्दियाको गेरुवा गाउँपालिकामा वडा तथा समुदायस्तरीय विपद् व्यवस्थापन कार्यदलको क्षमता विकास र कार्ययोजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।

गाउँपालिकाको समन्वयमा प्लान इन्टरनेशनल नेपाल र वि ग्रुपको साझेदारीमा सञ्चालित ‘विपद् पूर्वतयारी, उत्थानशीलता तथा सवलिकरण परियोजना’ अन्तर्गत उक्त कार्यशालाको आयोजना गरिएको हो । कार्यशालामा गाउँपालिकाका ६ वटै वडाका सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारीहरू, सुरक्षा निकायका प्रतिनिधिहरू र सञ्चारकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो । 

कार्यशालामा नेपालमा विपद्को अवस्था, विपद् व्यवस्थापनसम्बन्धी नीति तथा कानुनी संरचना, विपद् जोखिम व्यवस्थापन चक्र, र उत्थानशील समुदायका न्यूनतम ९ विशेषताबारे विस्तृत छलफल गरिएको थियो । 

सहभागीहरूले आ–आफ्ना वडामा व्यवहारिक रूपमा लागू गर्न सकिने विपद् जोखिम मूल्यांकन र कार्ययोजना निर्माण गरेका थिए । साथै, प्रारम्भिक चेतावनी प्रणाली, पूर्वतयारी अभ्यास तथा स्थानीय स्रोत परिचालनमा समन्वय गर्ने विषयमा साझा प्रतिबद्धता पनि जनाइएको थियो । 

यसअघि सोही परियोजनाअन्तर्गत गेरुवा तथा कर्णाली नदीको उच्च जोखिममा रहेका ५ वटा विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरू, शिक्षक–अभिभावक संघका प्रतिनिधिहरू, र विद्यालयमा गठित बाल क्लबका प्रतिनिधिहरूलाई आपतकालीन अवस्थामा यौन तथा लैंगिक हिंसा र बाल संरक्षणसम्बन्धी अभिमुखीकरण समेत गराइएको थियो । 

अभिमुखीकरणमा सहभागीहरूलाई यौन दुव्र्यवहार, शोषण तथा दुरुपयोगका विभिन्न प्रकार, पीडितको सुरक्षा र गोपनीयता सुनिश्चित गर्ने जवाफदेही प्रणाली, विद्यालय, शिक्षक, अभिभावक र समुदायको भूमिका तथा जिम्मेवारीबारे जानकारी प्रदान गरिएको थियो । 

ADV

सम्बन्धित खबर

Advertise