लन्डन : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) युकेको अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन् । पुडासैनी अध्यक्ष पदका लागि प्रतिस्पर्धामा रहेका गोविन्द खरेल र मनिष खत्रीलाई पछि पार्दै विजयी भएका हुन् ।
चुनावमा पुडासैनीले १ हजार ४८२ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी गोविन्द खरेलले ९७७ र मनिष खत्रीले ४९६ मत प्राप्त गरे ।
खुला उपाध्यक्षमा उज्ज्वल कार्कीले १ हजार ८८४ र डा. रक्षा थापाले १ हजार ७२७ मत प्राप्त गर्दै विजयी भए । यस्तै, शम्भु अर्यालले १ हजार १९६ र ज्ञानेन्द्र आलेले ९६१ मत प्राप्त गरे ।
स्कटल्यान्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा रामप्रसाद कंडेल १ हजार ६०८ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी शशी कार्कीले १ हजार १७४ मतस प्राप्त गरे ।
महासचिव पदमा दिवाकर पाण्डे १ हजार ६६० मतसहित निर्वाचित भए भने उनका प्रतिस्पर्धी पुण्य रेग्मीले १ हजार २०१ मत पाए ।
खुला सचिव पदमा डिएन खरालले १ हजार ८७९ र कृष्ण देवकोटाले २ हजार ३०९ मत प्राप्त गरी निर्वाचित भए ।
आइसीसी सदस्यतर्फ विष्णु खरेल २ हजार ३२५, तुंगभद्र भुसाल २ हजार २०७ र छविलाल अर्याल २ हजार १५ मत प्राप्त गर्दै विजयी भए ।
इंग्ल्यान्ड राज्य परिषद् अध्यक्षमा राममाया विष्ट थापा १ हजार ६९ मतसहित विजयी भइन् । उनकी प्रतिस्पर्धी अहिल्या कुंवरले ३४४ मत प्राप्त गरिन् ।
निर्वाचित अध्यक्ष पुडासैनीले आफ्नो कार्यकाललाई सदस्य केन्द्रित, जवाफदेही, समावेशी र एकवद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।