बहराइन : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) बहराइनको १०औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । बहराइनको जुर्फेयरस्थित अल मनजिल होटलमा सम्पन्न अधिवेशनबाट राजुकुमार श्रेष्ठ पुनः अध्यक्षमा निर्वाचित भएका छन् । श्रेष्ठ दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
राष्ट्रिय महाधिवेशनबाट आईसीसी सदस्यमा वीरेन्द्र बुढाथोकी चयन भएका छन् । यस्तै वरिष्ठ उपाध्यक्ष अच्युतराज तिम्सिना र विमल थापा मगर, उपाध्यक्षमा वासुदेव प्याकुरेल र अमृत देवकोटा, महिला उपाध्यक्षमा सुशीला क्षेत्री (खत्री), महासचिवमा लालबहादुर कटुवाल, सचिवमा कृष्णप्रसाद गैरे, सहसचिवमा भाविन्द्र कटुवाल, कोषाध्यक्षमा दिपककुमार कर्ण, सहकोषाध्यक्षमा पनित्रा श्रेष्ठ, युवा संयोजकमा घनबहादुर थापा, खेलकुद तथा सांस्कृतिक संयोजकमा पवन शिवाकोटी, महिला सदस्यमा रिता कटुवाल, मुस्लिम समुदाय सदस्यमा मोहम्मद नियाज तथा खुला सदस्यमा गुणराज थापा मगर, रिगल श्रेष्ठ, सुनिल नेपाली र प्रेमराज पौडेल चयन भएका छन् । नवनिर्वाचित कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
महाधिवेशनको उद्घाटन बहराइनका लागि नेपाली राजदूत तीर्थराज वाग्लेले गरेका थिए । कार्यक्रममा विमला ढकाल वाग्ले, द्वितीय सचिव सुजना अर्याल, श्रम सहचारी सुनीता थापा, आईसीसी मध्यपूर्व संयोजक राजेन्द्र अर्याल, उपसंयोजक तथा संरक्षक लालप्रसाद पुन, महिला संयोजक तथा सल्लाहकार लक्ष्मी गिरीलगायत विशिष्ट अतिथिहरूको उपस्थिति थियो ।
कार्यक्रममा स्थानीय कलाकारहरूको नृत्य प्रस्तुति, दोहोरी साँझ तथा बागलुङ सेवा समाजद्वारा प्रस्तुत मौलिक नौमती बाजाले सांस्कृतिक रौनक थपेका थिए ।
महासचिव भुवन विमली र कोषाध्यक्ष दीपक कर्णले २०२३-०२५ कार्यकालको कार्यप्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरे । संस्थाले सामाजिक, शैक्षिक, स्वास्थ्य र परोपकारी कार्यहरूमा गरेको योगदान प्रतिवेदनमा समावेश गरिएको थियो ।