२०८२ साउन ११ गते आइतवार / Jul 27 , 2025 , Sunday
२०८२ साउन ११ गते आइतवार
Ads

रसुवागढी सिमानाकामा बेली ब्रिज निर्माण सुरु, भदौभित्र सम्पन्न गर्ने लक्ष्य

shivam cement
मध्यान्ह
२०८२ साउन ११ गते ११:२८
रसुवागढी सिमानाकामा बेली ब्रिज निर्माण सुरु, भदौभित्र सम्पन्न गर्ने लक्ष्य

काठमाडौँ : नेपाल-चीनबीच उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरुआत भएको छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको अकल्पनीय बाढीले १० मिटर चौडाइ र एक सय मिटर लम्बाइको पुलमा क्षति पुर्‍याएको थियो ।

चीन सरकारले पुल पुनर्निर्माण थालिनी गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए । उनका अनुसार  नेपाल–चीनबीच आवतजावत र व्यापारिक कारोबार बन्द भएपछि प्रथम चरणअन्तर्गत चीन सरकारले बेली ब्रिज निर्माण गर्न पनि थालनी गरेको छ । यसका  लागि भुइँ सतह मिलाउने सुरु भइसकेको छ ।

पक्की पुल निर्माणका लागि साविकको स्थानलाई यथावत छाडी दुई मिटर पूर्वतर्फ सारेर पुरातात्त्विक संरचनालाई कुनै असर नपार्ने गरी बेली ब्रिज निर्माण सुरु भइसकेको प्रजिअ पौडेलले जानकारी दिए । 

पुलका लागि चाहिने आवश्यक औजार चिनियाँ पक्षले रसुवागढी ल्याइसकेको जनाइएको छ । चार स्काभेटर उपकरणको सहायताले पुल बनाउने स्थान ल्हेन्देखोलाको भुइँ सतहमा अनियन्त्रित पानीलाई साविक सतहमा लाने काम अगाडि बढाइसकेको छ ।

बेलिब्रिज निर्माण आगामी भदौ ३० गतेभित्र सम्पन्न गर्ने  चिनियाँ समकक्षीबाट जानकारी पाएको पनि प्रजिअ पौडेलले जानकारी दिए । रसुवागढीमा निर्माणाधीन एकीकृत भन्सार भवनको निर्माण रोकिएको छ ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise