काठमाडौँ : रुपन्देहीको भैरहवास्थित डण्डा खोलामा डुबेर दुई किशोरको मृत्यु भएको छ ।
शनिवार साँझ पौडी खेल्न गएका सिद्धार्थनगर-९ का १४ वर्षीया प्रज्वल अर्याल र नवलपरासीको बिनय त्रीबेणी गाउँपालिका-६ घर भई हाल सिद्धार्थनगर-७ बस्ने १५ वर्षीया दिनेश न्यौपानेको डुबेर मृत्यु भएको हो ।
मृतक दुवै किशोर रुपन्देहीको तिलोत्तमा-५ मणिग्रामस्थित शान्ति नमुना मावि मणिग्रामका विद्यार्थी हुन् । उनीहरूले शान्ति नमुना माविको कक्षा ९ मा अध्ययनरत थिए ।
भैरहवास्थित पक्लिहवा क्याम्पस पछाडिको डण्डा खोलामा साथीहरूसँगै पौडी खेल्न गएका पाँच जनामध्ये शान्ति नमुना माविको कक्षा ९ मा अध्ययनरत न्यौपाने र अर्यालको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पुष्टी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बालकहरू पौडी खेल्ने क्रममा हराएको भन्ने सूचनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी गर्दै जाँदा डण्डा खोलाको पानीमा डुबेर मृत अवस्थामा उनीहरू फेला परेका थियो ।
दुवै जनाको शव पोष्टमार्टमका लागी अहिले भैरहवास्थित भीम अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।