२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

लायन्स क्लब अफ काठमाडौं नेपालयद्वारा वृक्षारोपण

Nada
२०८२ साउन १० गते २०:२७
Shares
लायन्स क्लब अफ काठमाडौं नेपालयद्वारा वृक्षारोपण

काठमाडौं : लायन्स क्लब अफ काठमाडौं नेपालय र लियो क्लब अफ काठमाडौं नेपालयको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । शनिबार झुडोल पार्क, टोखा–३, काठमाडौंमा वृक्षारोपण आयोजना गरिएको हो । 

ncell

कार्यक्रममा क्लबका अध्यक्ष भुवन श्रेष्ठ, पूर्वअध्यक्ष किरण श्रेष्ठ, सचिव प्रकाश श्रेष्ठ, कोषाध्यक्ष खेमराज चौधरी, अन्य सदस्यहरू, स्थानीय बासिन्दा तथा झुडोल पार्क व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । वातावरण संरक्षण र हरियाली प्रवद्र्धनको उद्देश्यले आयोजित कार्यक्रममा चाप, धुपी, बेलपत्र, गुलाफ, नीमलगायतका फलफूल र विभिन्न प्रजातिका फूलका बिरुवा रोपिएको क्लबले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर