काठमाडौं : लायन्स क्लब अफ काठमाडौं नेपालय र लियो क्लब अफ काठमाडौं नेपालयको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । शनिबार झुडोल पार्क, टोखा–३, काठमाडौंमा वृक्षारोपण आयोजना गरिएको हो ।
कार्यक्रममा क्लबका अध्यक्ष भुवन श्रेष्ठ, पूर्वअध्यक्ष किरण श्रेष्ठ, सचिव प्रकाश श्रेष्ठ, कोषाध्यक्ष खेमराज चौधरी, अन्य सदस्यहरू, स्थानीय बासिन्दा तथा झुडोल पार्क व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । वातावरण संरक्षण र हरियाली प्रवद्र्धनको उद्देश्यले आयोजित कार्यक्रममा चाप, धुपी, बेलपत्र, गुलाफ, नीमलगायतका फलफूल र विभिन्न प्रजातिका फूलका बिरुवा रोपिएको क्लबले जनाएको छ ।