२०८२ कार्तिक २१ गते शुक्रवार / Nov 07 , 2025 , Friday
२०८२ कार्तिक २१ गते शुक्रवार
Ads

सबै नागरिकको घरमा स्वच्छ पानी पुर्‍याउने गरी काम गर्न मन्त्री राणाको निर्देशन

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ साउन ९ गते २१:१०
Shares
सबै नागरिकको घरमा स्वच्छ पानी पुर्‍याउने गरी काम गर्न मन्त्री राणाको निर्देशन

लुम्बिनी : लुम्बिनी प्रदेश सरकारका खानेपानी तथा शहरी विकास मन्त्री रोज राणाले सबै नागरिकको घरमा स्वच्छ पानी पु¥याउने प्रदेश सरकारको दीर्घकालीन अभियान रहेको उल्लेख गर्दै जनताबाट कुनै पनि गुनासो नआउने गरी काम गर्न निर्देशन दिएका छन् । 

शहरी विकास तथा खानेपानी मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा मन्त्रालय मातहतका खानेपानी कार्यालयहरूको योजना, आयोजना र २०८१/८२ को वार्षिक प्रगतिसम्वन्धी समीक्षा गोष्ठीमा सहभागी कर्मचारीहरूलाई सम्बोधन गर्दै मन्त्री राणाले यस्तो निर्देशन दिएका हुन् । 

उनले मन्त्रालयको साख अझै उच्च बनाउने गरी काम गर्न र कुनै कमी कमजोरी भएमा त्यसको सुधार गर्दै नयाँ ढंगले जनमुखी सेवा प्रवाह गर्न आग्रह गरेका छन्। मन्त्री राणाले १२ जिल्लाका खानेपानी कार्यालय प्रमुखहरूलाई सोही अनुसार काम गर्न निर्देशन दिएका हुन् । 

वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मन्त्री राणाले अघिल्लो वर्ष लुम्बिनी प्रदेशलाई उत्कृष्ट बनाउन योगदान पुर्‍याएका सबै कर्मचारीहरूलाई धन्यवाद दिँदै मन्त्रालयले हालसम्म उल्लेखनीय प्रगति गरेको बताए । उनले सातवटै प्रदेशमध्ये लुम्बिनीलाई खानेपानी तथा शहरी विकास क्षेत्रमा उत्कृष्ट बनाउने लक्ष्यसहित काम गर्नुपर्ने आवश्यकता औंल्याए ।

मन्त्री राणाले आफ्नो मन्त्रालय जनताको प्रत्यक्ष सरोकारको भएकोले संघीयताको मर्मअनुसार ‘एक घर, एक धारा–शुद्ध पानी’ कार्यक्रमलाई प्रभावकारी ढंगमा अगाडि बढाइरहेको जानकारी दिए ।

उनले प्रविधिको उच्च प्रयोग गरी जनतालाई सहज, व्यवहारिक र सर्वसुलभ स्वच्छ पानी उपलब्ध गराउने, सफा पानीलाई आम नागरिकको पहुँचभित्र ल्याउने प्रदेश सरकारको स्पष्ट योजना रहेको समेत उल्लेख गरे ।

पछिल्लो समय मन्त्रालयले खानेपानी तथा शहरी विकासको क्षेत्रमा दीर्घकालीन रूपमा प्रभाव पार्ने कार्ययोजना तयार पारेको र तिनको कार्यान्वयनपश्चात मन्त्रालयको साख अझै उच्च बन्ने विश्वास व्यक्त गर्दै उनले मितव्ययिता अपनाई पूँजीगत खर्चमा वृद्धि गर्नुपर्नेमा जोड दिए ।

मन्त्री राणाले जिल्लामा हुने विकास निर्माणका कार्यहरूमा जनगुनासो नआउने गरी समयसापेक्षरूपमा योजनाहरू कार्यान्वयन गर्न निर्देशन दिएका थिए। कार्यक्रममा मन्त्रालयका सचिव बासुदेव पौडेल, महाशाखा प्रमुख तथा प्रवक्ता गुणानिधि पोखरेल लगायत सबै शहरी विकास कार्यालयका प्रमुखहरूले आ–आफ्नो भनाइ राखेका मन्त्री राणाका स्वकीय सचिव महेन्द्र केसीले जानकारी दिए । 

ADV

सम्बन्धित खबर