२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

ओलीले गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद् (सूचीसहित)

Nada
२०८१ असार ३१ गते १२:१४
Shares
ओलीले गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद् (सूचीसहित)

काठमाडौं  : प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन् ।

ncell

ओली नेतृत्वको  मन्त्रिपरिषद्मा ११ जना नयाँ मन्त्रीले मौका पाएका छन् । नेपाली कांग्रेसबाट ७ र एमालेबाट चार जना नयाँले अवसर पाएका हुन् । कांग्रेसबाट आरजु राणा देउवा, प्रदीप पौडेल, रामनाथ अधिकारी, तेजुलाल चौधरी, बद्री पाण्डे, अजयकुमार चौरासिया र ऐनबहादुर शाही (ठकुरी) मन्त्री बनेका छन् । देउवा परराष्ट्र, पौडेल स्वास्थ्य, पाण्डे पर्यटन, चौरासिया कानुन र शाही बन मन्त्री बनेका छन् । 

यस्तै एमालेबाट देवेन्द्र दाहाल, विद्या भट्टराई, मानवीर राई र राजकुमार गुप्ताले पहिलो पटक मन्त्री बन्ने अवसर पाएका छन् । दाहाल भौतिक, भट्टराई शिक्षा, राई रक्षा र गुप्ता सामान्य प्रशासन मन्त्री बनेका छन् ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल, डा बाबुराम भट्टराई, विभिन्न राजनीतिक दलका नेताहरु, सांसद, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न क्षेत्रमा योगदान पु¥याएका विशिष्ट व्यक्तित्वहरुको सहभागिता थियो ।

मन्त्रीहरुको कार्यविभाजन यसप्रकार छ-

केपी शर्मा ओली, प्रधानमन्त्री

प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास

विष्णु पौडेल, उपप्रधान तथा अर्थ

पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय

रमेश लेखक, गृह

शरतसिंह भण्डारी, श्रम तथा रोजगार

आरजु राणा देउवा, परराष्ट्र

नवलकिशोर साह सुडी, महिला बालबालिका

देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात

तेजुलाल चौधरी, युवा तथा खेलकुद

प्रदीप यादव, खानेपानी

प्रदीप पौडेल, स्वास्थ्य

अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला

बद्री प्रसाद पाण्डे, पर्यटन

रामनाथ अधिकारी, कृषि

विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि

मानवीर राई, रक्षा

दीपक खड्का, जलस्रोत तथा ऊर्जा

राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य

ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण

ताजा खबर

सम्बन्धित खबर