२०८२ साउन १० गते शनिवार / Jul 26 , 2025 , Saturday
२०८२ साउन १० गते शनिवार
Ads

तीनकुने घटनाको छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्न राप्रपाको माग

shivam cement
मध्यान्ह
२०८२ साउन ९ गते १४:२४
तीनकुने घटनाको छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्न राप्रपाको माग

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर जबराले गत चैत १५ गते भएको तीनकुने घटनाको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद राणाले यस्तो माग गरेका हुन् ।

उनले सरकारले राजावादी विचार बोकेकै भरमा आफूहरुमाथि झुटा मुद्दा लगाएको टिप्पणी गरे । न्यायपालिकाले तीनकुने घटनाबारे सत्यतथ्य रुपमा न्याय निरुपण गर्ने कुरामा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

उनले राज्यको कमजोर सुरक्षा संयन्त्रको कारण तीनकुने घटना घटेको उल्लेख गर्दै पक्राउ परेका सबै राजावादी समूहका नेता कार्यकर्ताहरुलाई रिहा गर्न समेत माग गरे । 

ADV

सम्बन्धित खबर

Advertise