२०८२ साउन १० गते शनिवार / Jul 26 , 2025 , Saturday
२०८२ साउन १० गते शनिवार
Ads

भाइको खुकुरी प्रहारबाट दाइको मृत्यु

shivam cement
मध्यान्ह
२०८२ साउन ९ गते १०:१७
भाइको खुकुरी प्रहारबाट दाइको मृत्यु

सिरहा : यहाँको गोलबजार नगरपालिका–३ स्थित मुसहर्नियाँमा बिहीबार बेलुका भाइको खुकुरी प्रहारबाट दाइको ज्यान गएको छ ।

२५ वर्षीय श्याम सदाले घरायसी विवादका क्रममा झगडा छुट्याउन आएका आफ्ना ३५ वर्षीय दाइ मोतीराम सदालाई खुकुरी प्रहार गरेका हुन् । छातीमा गम्भीर चोट लागेका मोतीरामलाई उपचारका लागि लहान प्रादेशिक अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोविन्दप्रसाद साहका अनुसार घटनापछि आरोपी श्याम फरार छन् र उनको खोजी भइरहेको छ । शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । 

ADV

सम्बन्धित खबर

Advertise