२०८२ साउन १० गते शनिवार / Jul 26 , 2025 , Saturday
२०८२ साउन १० गते शनिवार
Ads

एमालेले पार्टी राजनीतिमा रोक लगाएपछि आज पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति भण्डारी

shivam cement
मध्यान्ह
२०८२ साउन ९ गते ०७:२३
एमालेले पार्टी राजनीतिमा रोक लगाएपछि आज पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन आयोजना गर्दैछिन् ।

उनले बानेश्वरस्थित कार्की बैंकिटमा आज दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् ।

सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई उनको माउ पार्टी नेकपा एमालेले सदस्यता नै नवीकरण नगरेर रोकेको छ । त्यसपछि खास टिप्पणी नगरेकी भण्डारीले शुक्रबार गर्ने सम्मेलनलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

एमालेको केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्ष बन्न चुनौती हुने ठानेर भण्डारीलाई रोक्ने निर्णय गरेको कतिपयको आरोप छ । 

यद्यपि संस्थापन पक्षले भने देशको गरिमा र प्रमुख भइसकेको मान्छेले पार्टी पोलिटिक्समा फर्कन नैतिकवान् नहुने बताउँदै भण्डारीको सदस्यता खारेज गर्ने निर्णय गरेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise