२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

भूमि सम्बन्धी विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो

Nada
२०८२ साउन ८ गते १७:४३
Shares
भूमि सम्बन्धी विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो

काठमाडौंः भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि संसदीय समितिमा पठाइएको छ ।

ncell

बिहीबारको प्रतिनिधि सभा बैठकमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गरेका हुन् ।

प्रस्तावलाई संसदले सर्वसम्मत रुपमा स्वीकृति जनाएको सभामुखले घोषणा गरे । प्रतिनिधि सभाको अर्को बैठक साउन ९ गते १ बजे बस्नेछ ।
 

ताजा खबर

सम्बन्धित खबर