२०८२ साउन ७ गते बुधवार / Jul 23 , 2025 , Wednesday
२०८२ साउन ७ गते बुधवार
Ads

बाढीले बेलिब्रिज बगायो

shivam cement
मध्यान्ह
२०८२ साउन ७ गते १०:४१
बाढीले बेलिब्रिज बगायो

ताप्लेजुङ : फक्ताङलुङ गाउँपालिका-५ र ६ जोड्ने रानी पुलस्थित बेलिब्रिज बाढीले बगाएको छ ।

अविरल वर्षाका कारण हेल्लोक, सिम्बुवा खोलामा आएको बाढीले उक्त पुल बगाएको स्थानीय तेन्जिङ वालुङले जानकारी दिए । पुल बगेसँगै उक्त क्षेत्रमा यातायात अवरुद्ध भएको छ ।

बाढीका कारण तमोर नदीको बहावसमेत बढेको उनले बताए । उक्त बेलिब्रिज रेमिट हाइड्रोपावर कम्पनीले चार वर्षअघि निर्माण गरेको थियो ।

अरुण नदी आसपासमा सतर्क रहन प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले माथिल्लो क्षेत्रमा भारी वर्षाका कारण बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले माथिल्लो क्षेत्रमा भारी वर्षाका कारण बाढी पहिरोको जोखिम रहेकाले सर्तक रहन अनुरोध गरेको हो ।

पछिल्लो तीन घण्टामा मकालु गाउँपालिकास्थित नुम वर्षामापन केन्द्रमा भारी वर्षामापन भएका कारण अरुण नदीलगायत खोलानाला आसपासका तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी दिब्यराज पोदरेलले जानकारी दिए ।

माथिल्लो क्षेत्रमा अत्यधिक वर्षा भएको र थप वर्षाको सम्भावना भएका कारण तटीय क्षेत्र आसपासकाका बस्तीलाई सतर्कता अपनाउन आग्रह गरिएको प्रजिअ पोखरेलले बताए ।

भारी वर्षाका भएका कारण अरुण नदीलगायत खोलानाला र जिल्लाभित्र बाढी पहिरोको जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै सो क्षेत्र भई बग्ने ससाना खोलामा आकस्मिक बहाव बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने रहेकाले सो क्षेत्रका बासिन्दालाई सतर्क गराएको हो ।

त्यतैगरी मौसम तथा पूर्वानुमान महाशाखाले पनि यो समयमा अत्यधिक वर्षा भएको र थप वर्षा हुनसक्ने भन्दै सचेत रहन आग्रह गरेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise