२०८२ साउन ७ गते बुधवार / Jul 23 , 2025 , Wednesday
२०८२ साउन ७ गते बुधवार
Ads

तीन संसदीय समितिको बैठक बस्दै

shivam cement
मध्यान्ह
२०८२ साउन ७ गते ०९:२६
तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ : बुधवार तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।

सार्वजनिक लेखा समितिको बैठक बिहान १० बजे बस्नेछ । आजको बैठकमा जगदुल्ला जलविद्युत् आयोजनाको निर्माणसम्बन्धी उजुरीउपर छलफल’ हुनेछ । यस्तै, नेपाल सरकारका सचिवसँग गर्ने संयुक्त बैठकको मिति निर्धारण गर्ने प्रस्तावमाथी पनि छलफल हुनेछ ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक १ बजे बस्नेछ । बैठकमा ‘जलस्रोत विधेयक, २०८१ माथि दफावार’ छलफल गर्ने कार्यसूची छ ।

यसैगरी संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानका लागि भएका प्रयास र समितिसँगको अपेक्षाका बारेमा छलफल हुनेछ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise