२०८२ साउन ७ गते बुधवार / Jul 23 , 2025 , Wednesday
२०८२ साउन ७ गते बुधवार
Ads

गाजामा कुपोषणका कारण ४८ घण्टामा १२ बालबालिकासहित ३३ जनाको मृत्यु

shivam cement
मध्यान्ह
२०८२ साउन ७ गते ०८:३३
गाजामा कुपोषणका कारण ४८ घण्टामा १२ बालबालिकासहित ३३ जनाको मृत्यु

काठमाडौँ : गाजामा कुपोषणका कारण ४८ घण्टामा १२ बालबालिकासहित ३३ जनाको मृत्यु भएको छ ।  गाजाको स्वास्थ्य मन्त्रालयले पछिल्लो ४८ घण्टामा कुपोषणका कारण ३३ जनाको ज्यान गएको जनाएको छ ।

सन् २०२३ मा युद्ध सुरु भएदेखि कुपोषणका कारण अहिलेसम्म ८० बालबालिकासहित एक सय एक जनाको ज्यान गएको खबरमा उल्लेख छ । संयुक्त राष्ट्रसंघका प्रमुखले गाजाको अन्तिम जीवन रेखा भत्किँदै गएको र इजरायलको आक्रमणका क्रममा मानवीय अवस्था तीव्र गतिमा बिग्रँदै गएको बताएपछि यो तथ्यांक आएको हो ।

यसैबीच गाजामा तत्काल युद्ध अन्त्य गर्न बेलायतसहित २७ वटा देशले आह्वान गरेका छन् । उनीहरूले संयुक्त वक्तव्यमा गाजामा सहायता वितरण गर्ने इजरायलको तरिका खतरनाक रहेको, खानेकुरा र पानीको खोजीमा रहेकाहरूलाई थोरै थोरै गरेर सहायता वितरण गर्ने र नागरिकहरूको अमानवीय रूपमा हत्या गर्ने कार्य भइरहेको भन्दै त्यसको निन्दा गरेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise