२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

बीपीको योगदानको चर्चा

Nada
२०८२ साउन ६ गते २२:०९
Shares
बीपीको योगदानको चर्चा

सर्लाही : नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४३औँ स्मृति दिवस सर्लाहीमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाली कांग्रेस सर्लाहीको बसबरिया गाउँपालिकाद्वारा पार्टी कार्यालय भवानीपुरमा आयोजना गरिएको कार्यक्रममा नेता तथा कार्यकर्ताहरूले बीपी कोइरालाको योगदानको स्मरण गरेका थिए ।

ncell

पार्टी सभापति लालबाबु महतोको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेश कांग्रेस उपसभापति, संगठन विभाग प्रमुख तथा पूर्वमन्त्री वीरेन्द्र प्रसाद सिंह प्रमुख अतिथि रहेका थिए ।

नेता सिंहले बीपी कोइरालाको तस्बिरमा माल्यार्पण गर्दै नेपालमा प्रजातन्त्र स्थापनाका लागि उनले खेलेको भूमिकालाई स्मरण गरेका थिए । उनले भने, ‘वि.सं. २०३९ साउन ६ गते निधन हुनुभएका बीपी कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान पु¥याउनुभयो । उहाँ नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिने महान् व्यक्तित्व हुनुहुन्थ्यो ।’

वि.सं. १९७१ भदौ २४ गते जन्मिएका कोइराला २०१५ सालको संसदीय निर्वाचनपछि वि.सं. २०१६ जेठमा नेपालका पहिला जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।

बीपी कोइराला नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक मानिन्छन् । उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिट्लर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’ र ‘बाबु, आमा र छोरा’ लगायत छ वटा उपन्यास र ‘श्वेत भैरवी’, ‘दोषी चस्मा’ जस्ता कथा संग्रह प्रकाशित छन् । 

कार्यक्रममा पूर्व गाउँपालिका अध्यक्ष राम अयोध्या यादव, महासमिति सदस्य राम बाबु राय, युवा नेता गजेन्द्र साहलगायत नेताहरूको उपस्थिति रहेको प्रचार प्रसार विभाग मधेश प्रदेशका सचिव निकेश त्रिपाठीले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर