२०८२ साउन ७ गते बुधवार / Jul 23 , 2025 , Wednesday
२०८२ साउन ७ गते बुधवार
Ads

सरकारले विपद् प्रतिकार्यमा ड्रोनको प्रयोग गर्ने

shivam cement
मध्यान्ह
२०८२ साउन ६ गते १९:२२
सरकारले विपद् प्रतिकार्यमा ड्रोनको प्रयोग गर्ने

काठमाडौं : सरकारले विपद्पछिको प्रतिकार्यका लागि ड्रोनको प्रयोग गर्ने भएको छ । मंगलबार गृह मन्त्रालयमा सरकार र नेपाल मानवरहित विमान ड्रोन संघ र नेपाल ड्रोन संघबीच विपद्पछिको प्रतिकार्य (खोज, उद्धार र राहत) का लागि ड्रोनको प्रयोग गर्ने सम्झौता भएको हो ।

संघहरुले विपद्पछिको प्रतिकार्यका लागि निःशुल्क चालकसहितको ड्रोन उपलब्ध गराउने सहमति भएको गृहमन्त्री रमेश लेखकले बताए । उनले नेपाल विपद्को धेरै जोखिम भएको भूगोलमा रहेको बताए ।

विपद् प्रतिकार्यका लागि सरकारले अत्याधुनिक प्रविधि प्रयोग गर्ने ठाउँमा सरकार पुगेको बताए । निजी क्षेत्रलाई पनि विपद् प्रतिकार्यमा संलग्न गराइ अघि बढिएको उनले बताए ।

गृहमन्त्री लेखकले सरकारले विपद्को प्रतिकार्यका लागि अत्याधुनिक प्रविधिको प्रयोग गरिरहेको बताए । 

ADV

सम्बन्धित खबर

Advertise