२०८२ साउन ६ गते मङ्गलवार / Jul 22 , 2025 , Tuesday
२०८२ साउन ६ गते मङ्गलवार
Ads

झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज

shivam cement
मध्यान्ह
२०८२ साउन ६ गते १०:२५
झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज

कैलाली : यहाँको कैलारी गाउँपालिका– ४ भितरीया र वडा नं ३ मोहनपुरको सिमानास्थित मोहना नदीमा पुल नहुँदा स्थानीयलाई वारपार गर्न समस्या थियो ।

स्थानीयले काठको नाउँ प्रयोग गर्दै आएका थिए । वर्षायाममा नदीमा पानीको प्रवाह बढेपछि गाउँलेहरूले झनै समस्या भोग्थे । सो स्थानमा झोलुङ्गे पुल निर्माण भएपछि वर्षौँदेखिको समस्या समाधान भएको छ । “पुल नहुँदा काठे नाउँको भरमा वारपार गर्नुपर्ने बाध्यता थियो, वर्षायाममा झनै जोखिम हुन्थ्यो,” स्थानीय कृष्णकुमार चौधरीले भने, “पुल निर्माणपश्चात् यहाँका नागरिकलाई राहत मिलेको छ ।” स्थानीयका अनुसार वडा नं ३ को मोहनपुरमा झण्डै ९६ घर छन् ।

पुल नहुँदा सबैभन्दा बढी समस्या विद्यालय जाने बालबालिकालाई हुने गरेको थियो । स्थानीयवासी साँझ, बिहान बजारबाट सामान लिन जाँदा समेत नदी वारपार गर्न नाउ प्रयोग गर्नुपर्दथ्यो । हालै मात्र पुल सञ्चालनपश्चात् सहजै आवतजावत गर्न सकिएको छ ।

संघीय सरकारको सहरी विकास मन्त्रालय स्थानीय पूर्वाधार विभागअन्तर्गत ‘सस्पेन्सन ब्रिज डिभिजन’को रु तीन करोड ४३ लाखमा उक्त झोलुङ्गे पुल निर्माण गरिएको हो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise