२०८२ कार्तिक २१ गते शुक्रवार / Nov 07 , 2025 , Friday
२०८२ कार्तिक २१ गते शुक्रवार
Ads

अर्घाखाँची पर्यटकीय सम्भावना बोकेको जिल्ला : नगरप्रमुख श्रेष्ठ

shivam cement
२०८२ साउन ५ गते २१:०१
Shares
अर्घाखाँची पर्यटकीय सम्भावना बोकेको जिल्ला : नगरप्रमुख श्रेष्ठ

अर्घाखाँची : सन्धिखर्क नगरपालिका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले अर्घाखाँचीको पर्यटन विकासमा ट्राभल एजेन्सीको महत्वपूर्ण भूमिका हुने बताएका छन् । उनले अर्घाखाँची नेपालकै सबैभन्दा पर्यटकीय सम्भावना बोकेको जिल्ला भएकाले यहाँ सुविधासम्पन्न निजी क्षेत्रको ट्राभल एजेन्सी सञ्चालनमा आएपछि यहाँ आउने बाह्य पर्यटक र यहाँबाट बाहिर जाने व्यक्तिहरूका लागि सहज हुने उल्लेख गरे । त्यसैले अहिले यसको प्रचारप्रसार आवश्यक रहेको उनले बताए ।

विदेशमा कमाएको पसिनालाई अब आफ्नै माटोमा प्रयोग गर्ने सोचका साथ अघि बढेका समाजसेवी युवा राजु खड्काले सन्धिखर्कमा सञ्चालनमा ल्याएको ‘द बेष्ट ट्राभल एण्ड टुर प्रालि’को उद्घाटन समारोहमा नगरप्रमुख श्रेष्ठले यस्ता खालका व्यवसाय सञ्चालन गर्ने युवाहरुलाई नगरपालिका मार्फत सहयोग गरिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका पूर्व नगरप्रमुख तथा नेपाली कांग्रेसका नेता कमलप्रसाद भुसालले बढीभन्दा बढी पर्यटक अर्घाखाँची भित्र्याउने र जिल्लावासीका लागि बाह्य भ्रमणको प्रबन्ध गर्ने उद्देश्यले ट्राभल एजेन्सी स्थापना गर्ने युवा व्यवसायी राजु खड्का तथा उनका सहकर्मीहरूलाई धन्यवाद व्यक्त गरे । उनले अर्घाखाँचीका सर्वसाधारणका लागि पर्यटनमा पहुँच पुर्‍याइ दीर्घकालीन रूपमा यस क्षेत्रको पर्यटन प्रवद्र्धनलाई उत्कर्षमा पु¥याउन ट्राभल एजेन्सीको भूमिका महत्त्वपूर्ण रहने धारणा राखे ।

२१ वर्ष दुबईमा संघर्ष गरेर आत्मनिर्भर बन्ने यात्रामा जुटेका युवा खड्काले भने, ‘देशमै सम्भावना छन्, हिम्मत चाहिन्छ ।’

उनले विदेशमा कमाएको अनुभव र सीप अब गाउँमै प्रयोग गर्न चाहेको जनाउँदै, आफू जस्तै विदेशबाट फर्किएका युवाहरूले पनि केही गर्न सक्छन् भन्ने सन्देश दिन यस्ता व्यवसायमा होमिएको स्पष्ट पारे । समाजसेवीको छवि बनाएका खड्काले दुबईको तातो घाम, पसिना, संघर्ष र अनुभवसँग जुध्दै आफूले सुरु गरेको यो यात्रा अब आत्मनिर्भर सपना साकार पार्ने दिशामा मोडिएको बताए ।

देशमै केही गर्न सकिँदैन भन्ने निराशालाई पछाडि छोड्दै, खड्काले आफ्नो गाउँ–ठाउँ र जिल्लामा सेवा दिने अठोटसहित व्यवसाय सुरु गरेको जनाए ।

उनले सञ्चालनमा ल्याएको ‘द बेष्ट ट्राभल एण्ड टुर प्रालि’ले देश–विदेश टुर प्याकेज, हवाई टिकट बुकिङ, वल्र्ड टुर प्याकेज, धार्मिक स्थल भ्रमण, सवारी रिजर्भ, डोर टु डोर कार्गो सेवा, श्रम स्वीकृति, पासपोर्ट फारम, फोटोकपी, स्क्यान, प्रिन्टिङ, भिडियो तथा फोटो सम्पादन, मिक्सिङसम्मका अत्याधुनिक सेवा एकै ठाउँबाट उपलब्ध गराउनेछ । साथै, अर्घाखाँचीमै पहिलोपटक हेलिकप्टर रिजर्भको सुविधा पनि ल्याइएको छ, जसले गर्दा जिल्लाबासी उत्साहित भएका छन् । 

उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी, पत्रकार तथा स्थानीय जनताको उल्लेखनीय उपस्थिति रहेको थियो । 

ADV

सम्बन्धित खबर