२०८२ साउन ६ गते मङ्गलवार / Jul 22 , 2025 , Tuesday
२०८२ साउन ६ गते मङ्गलवार
Ads

एनआरएनए मलेसियाको अधिवेशन तोकिएको समयमै हुने

shivam cement
तिलोचन गौतम
२०८२ साउन ५ गते २०:५९
एनआरएनए मलेसियाको अधिवेशन तोकिएको समयमै हुने

मलेसिया : गैरआवासीय नेपाली संघ(एनआरएनए), राष्ट्रिय समन्वय परिषद (एनसीसी)मलेसियाले आगामी अधिवेशन ‘एकताको अधिवेशन’को रूपमा सम्पन्न गर्ने निर्णय गरेको छ । 

कार्यसमिति बाहिर रहेका अग्रज, पूर्वअध्यक्ष तथा सल्लाहकारहरूको सक्रिय पहलमा गरिएको एकताको प्रयासप्रति संघले आभार व्यक्त गरेको छ । संघका अध्यक्ष राकेश महत्तोका अनुसार सबैलाई समेटेर सहमतिको आधारमा अघि बढ्नुपर्ने आवश्यकता महसुस गर्दै अधिवेशनलाई साझा सहभागितामूलक बनाउने पहल गरिएको हो ।

यसअघि जुलाई २७, २०२५ मा अधिवेशनको मिति तोकिएको भएपनि, एकताको बैठकमा उक्त मिति सारेर अगष्ट ३० र ३१ तय गरिएको थियो । तर प्राविधिक कारणवश पुनः मिति जुलाई २७ मै समायोजन गर्नुपर्ने अवस्था आएको बताइएको छ ।

केन्द्रीय विधानअनुसार राष्ट्रका सबै एनसीसीहरूले जुलाई महिनाभित्र अधिवेशन सम्पन्न गर्नुपर्ने प्रावधान रहेकाले, सोही अनुसार मितिभित्रै अधिवेशन सम्पन्न गर्न संघ बाध्य भएको छ । यस सन्दर्भमा निर्वाचनको कार्यतालिका चाँडै सार्वजनिक गरिने जनाइएको छ ।

एनआरएनए मलेसियाको आफ्नै छुट्टै सदस्यता पोर्टल नभएकाले, सदस्यता नविकरणका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) अन्तर्गत रहेको एमआइएस प्रणालीलाई मान्यता दिइएको छ ।

महत्तोले विधानको पालना गर्दै अधिवेशनलाई सफल र ऐतिहासिक बनाउन सम्पूर्ण सदस्यहरू, शुभेच्छुकहरू तथा सरोकारवालाहरूलाई सहकार्य र सहभागिताका लागि आग्रह गरेका छन् ।

No description available.

ADV

सम्बन्धित खबर

Advertise