२०८२ साउन ६ गते मङ्गलवार / Jul 22 , 2025 , Tuesday
२०८२ साउन ६ गते मङ्गलवार
Ads

कतारमा अस्ताए रोल्पाका यामबहादुर पुन

shivam cement
तिलु शर्मा पौडेल
२०८२ साउन ५ गते २०:५६
कतारमा अस्ताए रोल्पाका यामबहादुर पुन

दोहा, कतार : उच्च रक्तचापका कारण कतारमा निधन भएका रोल्पाका याम बहादुर पुनको शव नेपाल पठाइएको छ । रोजगारीको सिलसिलामा करिब १ वर्ष पहिले कतार आएका पुनको सुतेकै अवस्थामा उच्च रक्तचापका कारण गत जुलाई १२ तारिखका दिन निधन भएको कतारको सरकारी अस्पतालको डेथ सर्टिफिकेटमा उल्लेख गरिएको छ । ३ जना दाजुभाईमध्ये मृतक माइला छोरा हुन् । मृतक पुनका ३ छोरा, श्रीमती बाबुआमा छन् । 

पुनको मृत्यु लगत्तै नेपाली नियोगमा पुगेर शव नेपाल पठाउन तथा पुनले पाउनुपर्ने रकमका बारेमा रोल्पाली सेवा समाज कतारका अध्यक्ष गोपाल डाँगीले सहजीकरण गरेका थिए । डाँगीका अनुसार मृतकले पाउनु पर्ने हिसाब श्रीमतीको नामको बैंक खातामा जम्मा गरिएको र समाजले पनि करिब एक लाख रुपैयाँ किरिया खर्च स्वरूप पठाउन लागिएको बताए । कतारमा रहँदा रोल्पाको जिल्ला संस्थामा समेत आबद्ध रहेका थिए । पुनको हालको बसाइँ रहेको दाङको घोराही–६, लखुवारस्थित बबईघाटमा अन्त्येष्टि गरिएको छ । मृतकको शव पठाउन र आर्थिक संकलन गर्न सहयोग गर्ने सबैलाई समाजले धन्यवाद ज्ञापन गरेको छ । 

ADV

सम्बन्धित खबर

Advertise