काठमाडौं : नेपाली महिलाहरूको महान् पर्व तिज नजिकिँदै गर्दा सांगीतिक बजारमा तिज गीतहरू धमाधम सार्वजनिक भइरहेका छन् । यसैक्रममा रञ्जना कडरियाको शब्द, सजिना लामिछानेको संगीत, गायिका सञ्जु न्यौपानेको स्वरमा मर्मस्पर्शी मौलिक तिज गीत ‘आमाले सुने लुकेर रोलिन्’ सार्वजनिक भएको छ ।
तिज गीत तिज पर्वका अवसरमा महिलालाई केन्द्रमा राखेर मूलतः महिलाद्वारा गाइने गीत हो । यस्ता गीतमा महिलाका इच्छा–आकांक्षा र अनुभव अभिव्यक्त हुन्छन् । लोक परम्परामा बाँचेका यी गीत पहाडी क्षेत्रका नारीहरूको सामाजिक इतिहासका दस्तावेज पनि हुन् ।
छोरी चेलीको बेदना बोलेको तिज गीत ‘आमाले सुने लुकेर रोलिन्’को भिडियोमा मोडल, संगीतकार सजिना लामिछानेको मुख्य भूमिका रहेको छ । सजिनालाई रञ्जना कडरिया, खादानन्द कडारिया, निरु कडारिया, बासु खनाल, भीमा मैनाली, भुवन भट्टराईलगायतले अभिनयमा साथ दिएका छन् ।
यस म्युजिक भिडियोमा मेकअप संगीता महतारा, छायांकन रमित बोहरा, सम्पादन राज धामी तथा निर्देशन सजिना लामिछानेको रहेको छ ।