काठमाडौं : साहित्यकार भीष्मराज फुलाराको शब्द रहेको शिव भजन ‘जाउँला कैलाशैमा’ सार्वजनिक भएको छ । राजेन्द्र बजगाईंको स्वर, संगीत र एरेन्ज रहेको शिव भजनमा सामूहिक स्वर सुवास तिम्सिना, रविन्द्र लामिछाने, प्रतिमा केसी र नितु पौडेलको रहेको छ ।
मनोज परियारको मिक्सिङ मास्टरिङमा ‘आफ्नो मन’ स्टुडियोमा रेकर्ड भएको उक्त भजनमा पोसन घर्तीमगरको खैचडी र मादल तथा रत्न विकको बासुरीको धुन सुन्न पाइन्छ ।
उत्तमप्रसाद अधिकारीको निर्देशकीय भूमिका रहेको भजनको भिडियोमा राजेन्द्र बजगाईं, भीष्मराज फुलारा, सुवास तिम्सिना, रविन्द्र लामिछाने, प्रतिमा केसी, राज टाइगर, हरि यादव र विनोद रसाइलीले भजनमा कलाकारको भूमिकामा साथ दिएका छन् ।
उक्त भजनको भिडियोमा राजेश कुमारको सम्पादकीय भूमिका, सुविन गोदारको छायांकन, पुरुषोत्तम नेपालको सहायक छायांकन, भिडियो बैंकको दृश्य निर्माण रहेको छ ।
साउन महिना हिन्दु धर्ममा खासगरी भगवान् शिवलाई समर्पित महिनाका रूपमा मनाइन्छ । साउन महिनामा ध्यान, जप, योग, उपवासजस्ता कार्यले आध्यात्मिक उन्नति हुने विश्वास गरिन्छ । यही कुरालाई मध्यनजर गरी शिव भजन ‘जाउँला कैलाशैमा’ सार्वजनिक गरिएको लेखक फुलाराको भनाइ छ ।