२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

करको दायरा बढाउन अन्तरक्रिया

Nada
कृष्ण तिवारी
२०८२ जेठ २२ गते २०:२५
Shares
करको दायरा बढाउन अन्तरक्रिया

रौतहट : रौतहटको  फतुवा बिजयपुर नगरपालिकामा राजस्व सुधार कार्य योजना सम्बन्धी  अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको आयोजना तथा हलेशी रिसर्च एण्ड कन्सल्टेन्सी ललितपुरको सहयोगमा नगरपालिकामा एकदिने राजस्व सुधार कार्य योजना पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

ncell

फतुवा बिजयपुर नगर क्षेत्रभित्र आन्तरिक आम्दानी अभिवृद्धि गर्दै स्थानीय सरकारलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनु कार्यक्रमको उद्देश्य रहेको हलेशी रिसर्च एण्ड कन्सल्टेन्सी ललितपुरका वरिष्ठ सहजकर्ता प्रकाश पौडेलले बताए ।

करको दरमा मात्र वृद्धि गर्नुको सट्टा करको दायरा विस्तार गर्नु आवश्यक रहेको उल्लेख गर्दै, नगरभित्रका सबै उद्योगी, व्यवसायी तथा करदाताहरूलाई करको दायरामा ल्याउन नगरपालिकाको पहल जारी रहने प्रमुख प्रशासकीय अधिकृत  भरत प्रसाद यादवले बताए । 

अधिकृत यादवले कर सम्बन्धमा व्यवसायीहरू अझै पनि अनविज्ञ रहेको भन्दै त्यस्तो अवस्था अन्त्य गर्नका लागि  अन्तरक्रिया कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।उनले  कर संकलनमा सुधार ल्याउन यस्ता कार्यक्रम निरन्तर आवश्यक रहेको बताए ।

त्यस्तै  पूर्व प्रशासकीय अधिकृत एवम्  स्वास्थ शाखा  प्रमुख प्रमोद गुप्ताले ‘राजस्वमा दर होइन, दायरा बढाऔं’भन्ने नारा अघि सार्दै बजार अनुगमनलाई नियमितरूपमा प्रभावकारी ढंगले संचालन गर्नुपर्ने सुझाव दिए ।

प्रशासन प्रमुख उपेन्द्र साहले करको दायरा विस्तारका लागि सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको भन्दै वन, शिक्षा तथा वित्तीय संस्थाहरूलाई समेत राजस्व प्रणालीमा समेट्नुपर्ने धारणा राखे ।

रोजगार शाखा प्रमुख  सुधीर कुमार  यादवले नदीजन्य पदार्थ उत्खनन् गर्न नपाएकाले पनि राजस्व कम आएकोे र आन्तरिक आम्दानी कमजोर अवस्थामा पुगेको उल्लेख गरे ।

नगरपालिकामा आवश्यक नीति र कार्यविधि नबन्दा अन्य स्रोतबाट राजस्व संकलन गर्न नसकिएको भन्दै इन्जिनियर मोहम्मद फिरोज आलमले आगामी दिनमा प्रक्रियागत ढंगबाट करको दायरा बढाउने र आन्तरिक आम्दानीमा वृद्धि गरिने बताए ।

कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, स्थानीय व्यवसायी, वित्तीय संस्थाका प्रतिनिधि, विषयगत शाखाका कर्मचारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको पालिकाको सूचना अधिकारी हंसराज यादवले बताए ।

सम्बन्धित खबर