२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने पक्राउ

Nada
२०८२ वैशाख २६ गते १६:०८
Shares
डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौंः डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका–३ गठ्ठाघर बस्ने दोलखा वैतेश्वर गाउँपालिका–८ घर भएकी २७ वर्षीया सुजिता अधिकारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

ncell

सुजिताले आफूले अध्ययन गर्न क्यानडाको भिसा प्राप्त गरेको र आफूसँगै डिपेन्डेन्ट भिसामा लैजाने प्रलोभन देखाई पीडितसँग २० लाख रूपैयाँ लिइ सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१२ टेकुबाट पक्राउ गरेको हो ।  

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

सम्बन्धित खबर