२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरूलाई एमालेको ह्विप

Nada
२०८२ वैशाख २६ गते १५:०८
Shares
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरूलाई एमालेको ह्विप

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सरकारको ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । 

ncell

एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न आज सांसदहरुलाई ह्विप जारी गरेका हुन् ।

‘आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई २०८२ वैशाख २८ गते बस्ने प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची रहेकाले नेकपा ९एमाले० संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न हुन ह्विप जारी गरिएको छ,’ उनले जारी गरेको सूचनामा उल्लेख छ ।  

सम्बन्धित खबर