२०८२ वैशाख २६ गते शुक्रवार / May 09 , 2025 , Friday
२०८२ वैशाख २६ गते शुक्रवार
Ads

शान्ति समाजद्वारा भारतीय दुतावास अगाडि प्रदर्शन

मध्यान्ह
२०८२ वैशाख २६ गते ११:३४
शान्ति समाजद्वारा भारतीय दुतावास अगाडि प्रदर्शन

काठमाडौंः मानव अधिकार तथा शान्ति समाजले आतंकवादविरुद्ध प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौंस्थित भारतीय दुतावास अगाडि प्रदर्शन गरिएको हो । 

उनीहरुले शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्, पराजित केबल मानवता हुने गर्दछ, आतंकवाद सदैव निन्दनीय छ र सिन्धु जल सम्झौता निलम्वन गर्नु कति मानवीय छ ? भारत संसारको सबैभन्दा ठूलो लोकतन्त्र, नेपालको लोकतन्त्रविरुद्ध पनि कतैबाट षड्यन्त्र नहोस्, भारत र नेपालबीच नागरिस्तरको प्रगाढ सम्बन्ध गर्वको विषय हो, अतिवाद र आतंकवादबाट पीडित पाकिस्तान स्वयंले आतंकवादलाई अंगालो किन हालेको ? अतिवाद र आतंकवाद मानवताका शत्रु हुन्, आतंकवाद सदैव निन्दनीय छ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

ADV

सम्बन्धित खबर