२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

नक्कली नोटसहित १ जना पक्राउ

Nada
२०८२ वैशाख २५ गते १६:४८
Shares
नक्कली नोटसहित १ जना पक्राउ

मकवानपुरः हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट नेपाली ५ सय दरका १ सय ८६ थान नक्कली नोटसहित सोही उपमहानगरपालिका–८ कमाने बस्ने धादिङ गंगाजमुना गाउँपालिका–२ घर भएका ४२ वर्षीय रामकृष्ण अधिकारीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

ncell

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले महोत्तरीबाट हेटौंडा बजारतर्फ जाँदै गरेको बा.३३ प ९९८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नक्कली नोट फेला पारी चालक अधिकारीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित खबर