२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

Nada
२०८२ वैशाख २४ गते १३:२९
Shares
रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौंः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–१५ बस्ने गुल्मी धुर्कोट गाउँपालिका–३ घर भएका २८ वर्षीय दिपेन्द्र महतलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

ncell

महतले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ९ लाख ५० हजार रूपैयाँ लिइ सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१५ बाट पक्राउ गरेको हो ।  

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

सम्बन्धित खबर