२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

त्रिपुरासुन्दरीकाे प्रतीक चिन्ह बनाउनेलाई २५ हजार पुरस्कार

Nada
पूर्ण सार्की
२०८२ वैशाख २० गते ११:१३
Shares
त्रिपुरासुन्दरीकाे प्रतीक चिन्ह बनाउनेलाई २५ हजार पुरस्कार

डोल्पाः डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले आफ्नै प्रतीक चिन्ह (लोगो) प्रयोगमा ल्याउने भएको छ। नगरपालिकाका प्रमुख जनचन्द्र रोकायको अध्यक्षतामा शुक्रबार बसेको कार्यपालिका बैठकको निर्णय अनुसार लोगो निर्माणका लागि सार्वजनिक सूचना जारी गरेको हो।

ncell

सचेत नागरिक मार्फत दिगो पूर्वाधार, स्वच्छ सरसफाई, सुशासनसहित समृद्ध नगर निर्माणको आधार भन्ने मुल नाराका सहित ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, धार्मिक, सामाजिक , आर्थिक लगायतका विशेषता झल्कने लोगो तयार गरी प्रयोगमा ल्याउने सन्दर्भमा यी सबै विशेषता झल्कने सिर्जनात्मक लोगोको डिजाइन तथा लोगोमा रहने सम्पदा अक्षर, अवस्थित रंग लगायतका विषयमा उपयुक्त व्याख्यासहित इच्छुक डिजाइनर व्यक्तिर संस्थाले लोगोलाई पालिकाको इमेलमार्फत पठाउन सकिने र जेठ ०३ गते सम्म कार्यालय पेश गर्नुपर्ने छ।

प्राप्त डिजाइनहरुको मूल्यांकन गरी उत्कृष्ट डिजाइनलाई पालिकाले लोेगोको रूपमा प्रयोग गर्ने र उत्कृष्ट डिजाइनलाई पुरस्कार स्वरूप रु.२५ हजार नेपाली रुपैयाँसहित सम्मान गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत भीम बहादुर थापाले जानकारी दिए। लोगोमा समेटिनुपर्ने विषय र शर्तसहित नगरपालिकाले सार्वजनिक सूचनासमेत प्रकाशित गरिसकेको छ।

ताजा खबर

सम्बन्धित खबर