२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

ट्रेडमार्क र पेटेन्टको मुद्दामा सरकारले विशेष कानुनी व्यवस्था गर्न आवश्यकः अध्यक्ष ढकाल

Nada
२०८२ वैशाख १३ गते १५:३९
Shares
ट्रेडमार्क र पेटेन्टको मुद्दामा सरकारले विशेष कानुनी व्यवस्था गर्न आवश्यकः अध्यक्ष ढकाल

काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ट्रेडमार्क र पेटेन्टको मुद्दामा आउने विवादका विषयमा सरकारले विशेष कानुनी व्यवस्था गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा ‘बौद्धिक सम्पती दिवस’को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

ncell

उनले नेपालमा उत्पादित कतिपय वस्तुहरुको ट्रेडमार्कमा मिल्दो जुल्दो ब्राण्ड देखिने गरेको बताए । उनले नेपालको कानूनले बौद्धिक सम्पतीको पेटेन्ट अधिकार सुरक्षित गरेको पनि बताए । उनले बौद्धिक सम्पतीसम्बन्धी जनचेतनामुलक कार्यक्रमहरुले विशेष उद्योगको रुपमा अगाडि बढ्दै गरेको गीतसंगीतको क्षेत्रमा लागेकाहरुलाई रचनात्मक सहयोग पुग्ने बताए । विश्व बौद्धिक संगठनहरुले तय गर्ने बौद्धिक सम्पतीसम्बन्धी नाराले पनि बौद्धिक सम्पती अधिकार तथा नवप्रवर्तनलाई रचनात्मक प्रोत्साहन मिल्ने उनको भनाइ छ ।

उनले भने, ‘खास गरी यो विश्व बौद्धिक संगठनले तय गर्ने नारा र यस दिवसले विश्वभर आयोजना गर्ने कार्यक्रमले बौद्धिक सम्पती अधिकार र नवप्रवर्तनलाई रचनात्मक प्रोत्साहन गर्न सहयोग पुगेको म यहाँ राख्न चाहन्छु । खास गरेर संगीतको रचनालाई प्राथमिकता दिएर यसको थिमनै यसरी गरेको हुनाले यस क्षेत्रमा लाग्ने सबै सरोकारवाला पक्षलाई बधाइ पनि दिन चाहन्छु । गीत संगीतको क्षेत्र जुन उद्योगको रुपमा विकास भइरहेको छ । आउने दिनमा थप प्रोत्साहन गर्न सपोर्ट हुनेछ । सदस्य राष्ट्रको रुपमा नेपालले यस्तो कार्यक्रम गर्दा जनचेतना आउने कुरामा पनि सपोर्ट गरेको कुरा राख्न चाहन्छु । नेपालको कानूनले पनि बौद्धिक सम्पत्तिलाई सुरक्षित गरेको छ । जसले पेटेन्ट ट्रेडमार्क अधिकारलाई सुरक्षित राख्न सहयोग गरेको छ । अहिले हामीकहाँ पनि कतिपय ट्रेडमार्क र पेटेन्टको इस्युहरुमा विवाद पनि आउने गरेको छ । कतिपय कपय कपि गरेको मिल्दो जुल्दो गरेको पनि देखिन्छ यसमा विभागले विशेष ध्यान पुर्‍याउनुपर्ने देखिन्छ ।’

अध्यक्ष ढकालले ट्रेडमार्क तथा ब्राण्डको ठुलो मूल्य हुने भएकाले औद्योगिक सम्पतीको पेटेन्ट राइटको विषयमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए । 

ताजा खबर

सम्बन्धित खबर