२०८३ कार्तिक १२ गते बिहिवार / Oct 29 , 2026 , Thursday
२०८३ कार्तिक १२ गते बिहिवार

साउदी अरबमा राधिका हमाल र अर्जुन सापकोटाले सांस्कृतिक प्रस्तुति दिने 

Nada
अन्जान गुभाजु
२०८२ वैशाख १३ गते १४:१९
Shares
साउदी अरबमा राधिका हमाल र अर्जुन सापकोटाले सांस्कृतिक प्रस्तुति दिने 

साउदी अरबः चर्चित गायिका राधिका हमाल र गायक अर्जुन सापकोटा साउदी अरब आउने भएका छन्। उनीहरू अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज, साउदीको सातौं वार्षिकोत्सवको अवसरमा आफ्नो सांस्कृतिक प्रस्तुति दिन आउन लागेको समाजका अध्यक्ष घर्तीले जानकारी दिएका छन्। उक्त कार्यक्रममा साउदी अरबमा सक्रिय स्थानीय कलाकारहरूको समेत विशेष प्रस्तुति रहनेछ।

‘नेपाली कला संस्कृतिको प्रवर्द्धन, विपन्न बालबालिकालाई सहयोग हाम्रो अभियान’ भन्ने मुख्य नाराका साथ रोल्पाली सेवा समाज, साउदी अरबको आयोजनामा यही जुन ६, २०२५ तारिख दमामस्थित फाइभ स्टार हलमा समाजको सातौं वार्षिकोत्सव भव्य रूपमा मनाइने भएको छ।

वार्षिकोत्सवको अवसरमा आयोजित विशेष सांस्कृतिक कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरूसँगै साउदी अरबमा रहेका सक्रिय स्थानीय कलाकारहरूको पनि विशेष प्रस्तुति रहने आयोजकले जानकारी दिएका छन्। अध्यक्ष घर्तीले साउदी अरबमा रहेका सम्पूर्ण नेपालीहरूलाई कार्यक्रममा सहभागी भइ रमाइलो गर्दै कार्यक्रमलाई सफल बनाउन हार्दिक निमन्त्रणा गरेका छन्।

कार्यक्रममा नेपाली कला, संस्कृति र लोकधुनसँगै झुम्ने अवसर प्रदान गरिने छ भने सो अवसरमा विपन्न बालबालिकाको सहयोगार्थ विशेष अपिल गरिने कुरा पनि अध्यक्ष घर्तीले बताए।

सम्बन्धित खबर