२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

आरन्य नेचर रिसोर्टको व्यवस्थापन एटमोसफेर कोरले गर्ने

Nada
२०८२ वैशाख १२ गते २०:२२
Shares
आरन्य नेचर रिसोर्टको व्यवस्थापन एटमोसफेर कोरले गर्ने

काठमाडौं : बनेपास्थित आरन्य नेचर रिसोर्टको व्यवस्थापन दक्षीण एसियाकै चर्चित एटमोसफेर कोरको हस्पीटालिटिले गर्ने भएको छ । लस्ट होराइजन जंगल रिसोर्टको साझेदारीमा बन्दै गरेको आरन्य नेचर रिसोर्ट सन् २०२५ को अन्त तिर एटमोसफेर कोरको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको हो । 

ncell

२५ एकड जमिनमा फैलिएको यो रिसोर्ट बाट मौसम सफा भएको बेलामा सगरमाथा लगाएत अन्य हिमालहरू र मनोरम पहाडहरुको दृश्य अवलोकन गर्न सकिन्छ । लस्ट होराइजन जंगल रिसोर्टका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले एटमोसफेर कोर सँग साझेदारी गर्नु स्वाभाविक भएको बताए । 

‘उहाँहरूको आतिथ्यताको दुष्टिकोण, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको ग्राहक सेवा र लामो अनुभवले ठया्क्कै हामीले आरन्य रिसोर्ट संचालन गर्ने परिकल्पना गरे अनुसारनै मिलेको छ’, उनले भने, ‘हाम्रो रिसोर्ट नमोबुद्ध, बनेपामा रहेको थ्रान्गु ताशी याङ्त्से गुम्बा नजिकै रहेकोले एउटा मनोमोहक गन्तव्यको रूपमा इतिहास, अध्यात्म र प्राकृतिक सौन्दर्यलाई नजिकैबाट नियाल्न सकिनेछ ।’

यस रिसोर्टमा मनोमहक दृष्य हेर्न मिल्ने ठूला–ठूला झ्याल सहितको ५१ वटा आकर्षक डिजाइनका कटेज र स्वीटसहरू हुने जनाइएको छ । आकर्षक स्वीमिङ्ग पुलको सुविधाले हरेक किसिमका आगन्तुकहरुलाई लोभ्याउने छ भने बालबालिकाहरुका लागि छुट्टै किड्स क्लब पनि हुने रिसोर्टले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर