२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

अमेरिकाको डेनवर शहरमा नेपाल नेत्र ज्योति संघको शाखा स्थापना

Nada
२०८१ असार २० गते २२:३८
Shares
अमेरिकाको डेनवर शहरमा नेपाल नेत्र ज्योति संघको शाखा स्थापना

काठमाडौं : अमेरिकाको कोलोराडो राज्यको डेनवर शहरमा नेपाल नेत्र ज्योति संघको शाखा स्थापना गरिएको छ ।

ncell

अमेरिका भ्रमणमा रहेका नेपाल नेत्र ज्योति संघको केन्द्रीय अध्यक्ष प्राध्यापक डा. चेतराज पन्त,  संघका महासचिव भरत बहादुर चन्द, संघका कार्यकारी निर्देशक डा.शैलेश कुमार मिश्र, बोर्डका सचिव सविता केसी, भरतपुर आँखा अस्पतालका पूर्व प्रमुख मेडिकल निर्देशक डा.संगीता प्रधान र भरतपुर आँखा अस्पतालका वर्तमान प्रमुख मेडिकल निर्देशक डा.पुष्पा गिरी श्रेष्ठको उपस्थितिमा संघको शाखा स्थापना गरिएको हो । 

कोलोराडोका समाजसेवी तथा हेल्पिङ हेण्ड हेल्थ एजुकेशन इन्टरनेशनलका अध्यक्ष नारायण श्रेष्ठको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको छ ।  जसको सदस्यहरुमा नविन दत्त, नवराज श्रेष्ठ, गंगा चौलागार्इं, जगदिश ढकाल, अर्जुन बगाले, नीलम श्रेष्ठ, बसन्त लम्साल, कृष्ण थापा, चन्द्रमान गुरुङ, सुरेश प्रधान र सुरज भण्डारी रहेका छन् । उक्त तदर्थ समितिले नेपाल नेत्र ज्योती संघ केन्द्रको मापदण्डमा रहि र कोलोराडो संघ शाखासँग समन्वय गरी नर्थ अमेरिकाभरी यसको शाखा खोल्न सकिने निर्णय समेत गरेको छ । 

ताजा खबर

सम्बन्धित खबर