२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

नेपाल पत्रकार महासंघ डोल्पा शाखामा तालाबन्दी

Nada
पूर्ण सार्की
२०८१ जेठ २२ गते १८:०३
Shares
नेपाल पत्रकार महासंघ डोल्पा शाखामा तालाबन्दी

डोल्पा : नेपाल पत्रकार महासंघ डोल्पा शाखामा तालाबन्दी गरिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले सार्वजनिक गरेको नयाँ सदस्यताप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रेस चौतारी नेपाल र समाजवादी प्रेस संगठनले संयुक्तरूपमा विज्ञप्ति जारी गर्दै शाखामा तालाबन्दी गरेका हुन् ।

ncell

पत्रकार महासंघ डोल्पा शाखाले नवीकरण गर्न पठाएका सदस्यहरुको नाम काटेर सदस्य नामावली आएसँगै अनिश्चितकालीन तालाबन्दी गरिएको प्रेस चौतारी डोल्पाका अध्यक्ष प्रेम थापाले बताए ।

पत्रकार महासंघले यही जेठको २६ गते केन्द्र, प्रदेश र जिल्लामा अधिवेशन गर्दै छ । अधिवेशन नजिकिएसँगै अहिले सदस्यता शुद्धीकरणका नाम मनपरी ढंगले क्रियाशील सदस्यहरू हटाएपछि हरेक जिल्लाका संठनले महासंघका शाखा कार्यालयमा तालाबन्दी गरिरहेका छन् । सदस्यता विवादका कारण केही समय अगाडि विभिन्न संगठनले संयुक्तरुपमा महासंघको केन्द्रीय कार्यालयमासमेत तालाबन्दी गरेका थिए । 

पत्रकार महासंघ डोल्पा शाखाले सदस्यता शुल्कसहित प्रदेश र केन्द्रमा विधि विधानभित्र रहेर सिफारिस गरेका सदस्यहरूको नाम शुद्धीकरणको नाममा हटाएर जिल्लाको प्रक्रिया मिचेर प्रदेशले मनपरी ढंगले चोर बाटो अपनाएर सदस्यता थपेपछि स्वीकार्न नसक्ने धारणासहित तालाबन्दी गरिएको समाजवादी प्रेस संगठन डोल्पाका अध्यक्ष आन्नद सिंह रावलले जानकरी दिए । 

महासंघको विधि विधानअनुसार चल्दै आएको संस्थामा कुनै पनि व्यक्तिको प्रभावमा परी प्रक्रिया मिचेर नाम थपघट गर्ने कार्यको निष्पक्ष छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्दै सदस्यता नामावली नसच्चिएसम्म ताला नखुल्ने र यसको जिम्मेवार केन्द्र र प्रदेश समितिले लिनुपर्ने उनीहरुको माग छ ।

ताजा खबर

सम्बन्धित खबर