२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

संसदमा सांकेतिक भाषाको दोभासे राख्न माग

Nada
२०८१ असार १९ गते १५:४५
Shares
संसदमा सांकेतिक भाषाको दोभासे राख्न माग

काठमाडौं : संसदमा सांकेतिक भाषाका लागि दोभासे राख्न माग गरिएको छ । 

ncell

राष्ट्रिय सभाको आज बसेको बैठकको शून्य समयमा सांसद पदमबहादुर परियारले दोभासे राख्न माग गर्दै श्रवण शक्ति कमजोर भएकाहरुका लागि संसद गतिविधिबारे जानकारी गराउन आवश्क रहेको बताए । 

“संसदमा भएको प्रत्यक्ष प्रसारण र रेडर्कसमेत सांकेतिक भाषामा हुनसकेको छैन,” उनले भने, “यसले संसदमा भएका नीति निर्माणका कुरा सुन्नबाट श्रवण शक्ति कमजोर भएकाहरु वञ्चित भएका छन् ।” 

संसदको गतिविधि रेकर्डसमेत सांकेतिक भाषामा प्रयोग नगरिएको हुँदा सरकारले सांकेतिक भाषाको दोभासे राख्न सांसद परियारले माग गरे । 

ताजा खबर

सम्बन्धित खबर