२०८३ कार्तिक १२ गते बिहिवार / Oct 29 , 2026 , Thursday
२०८३ कार्तिक १२ गते बिहिवार

विश्व कविता दिवसमा कविता प्रतियोगिता

Nada
२०८१ चैत ९ गते १३:३९
Shares
विश्व कविता दिवसमा कविता प्रतियोगिता

काठमाडौंः विश्व कविता दिवसका अवसरमा शुक्रबार आयोजित राष्ट्रव्यापी कविता महोत्सव सम्पन्न भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपतिको प्रमुख आतिथ्यमा भएको महोत्सवमा कविता प्रतियोगिता पनि भएको थियो । 

साहित्य सदन नेपालले आयोजना गरेको प्रतियोगितामा नुवाकोटकी एलिसा एकलास प्रथम, भक्तपुरका भीष्मराज काफ्ले द्वितीय, पर्वतका तारानाथ पराजुली, उदयपुरका जीवन आरोही र मोरङका सोमनाथ दाहाल तृतीय भएका छन् । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्नोई क्रमशः रु ३० हजार, रु २० हजार र तृतीय रु १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिष्ठानका अर्का पूर्वकुलपति गङ्गाप्रसाद उप्रेती, साहित्यकार निनु चापागाईं, आयोजक समितिका अध्यक्ष प्रा.डा. हेमनाथ पौडेलले प्रत्येक वर्ष विश्व कविता दिवसका अवसरमा यस्ता कार्यक्रम आयोजना हुनु साहित्यानुरागीका निम्ति हर्षको विषय भएको बताए ।  

कार्यक्रममा पाँच जना पुरस्कृतसहित २२ जना अतिथि कविहरूले कविता प्रस्तुत गरेका थिए । अतिथि कविहरूमा सविता बराल, मातृका पोखरेल, राजेन्द्रप्रसाद अधिकारी, बलराम तिमल्सिना, ईश्वरचन्द्र ज्ञवाली, भुवनहरि सिग्देल, कल्पना भट्टराई, डिल्लीप्रसाद ‘मूलतिहुन’, अमर गिरी, भैरवी भूगोल, रेजिना आपगाईं, बाजुराम पौडेल, अर्जुन पराजुली, विन्दु शर्मा, प्रज्ज्वल अधिकारी, रजनी ढकाल, हीरामणि दुःखी, जगदीशचन्द्र भण्डारी, गौरी देवकोटा, लक्ष्मण गाम्नागे, रामचन्द्र दाहाल, निर्मलरमण पराजुलीलगायत थिए ।

सम्बन्धित खबर