२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

विशाल लुम्बिनी लोक दोहोरी अवार्डमा श्रेष्ठ सम्मानित

shivam cement
२०८१ फागुन ३ गते १९:४९
Shares
विशाल लुम्बिनी लोक दोहोरी अवार्डमा श्रेष्ठ सम्मानित

काठमाडौं : स्वर्गीय कल्पना गैरे स्मृति फाउण्डेशनको सहयोगार्थ विशाल मुभिज प्रा. लि. अनामनगरद्वारा आयोजित चौथो राष्ट्रिय विशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८१ सम्पन्न भएको छ । शनिबार पूर्वमन्त्री गोकर्ण विष्टको प्रमुख आतिथ्यतामा चलचित्र विकास बोर्डको सभाहल चाबहिलमा अवार्ड कार्यक्रम सम्पन्न भएको हो ।

आयोजक संस्था विशाल मुभिज प्रा. लि.का अध्यक्ष तथा चर्चित गायक हुम गैरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ लोक गायक प्रेमराजा महत, लोक गायिका प्राज्ञ टिका पुन, गायक कष्ण गैरे, बैकुष्ठ महत, पत्रकार सानु श्रेष्ठलगायत सम्मानित भए ।

लोक तथा दोहोरी गीतसँग सम्बन्धित करिब ३३ विधाका करिब ५० जना कलाकारलाई अवार्ड वितरण गरिएको कार्यक्रममा करिब एक दर्जन अग्रजदेखि अनुजसम्मका कलाकारहरूलाई अवार्ड तथा सम्मान प्रदान गर्नुका साथै विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रमको सहजीकरण गायिका राशी रिजालले गरेकी थिइन् ।

ताजा खबर

सम्बन्धित खबर