२०८३ असोज ११ गते आइतवार / Sep 27 , 2026 , Sunday
२०८३ असोज ११ गते आइतवार

प्रगतिशील मञ्चले थप भवनका लागि ४७ लाख जुटाउँदै

Nada
२०८१ फागुन २ गते ०६:२०
Shares
प्रगतिशील मञ्चले थप भवनका लागि ४७ लाख जुटाउँदै

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको भवन खरिदका लागि ५३ लाख ६१ हजार रुपैयाँ सहयोग जुटाएको प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालले अर्को भवन खरिदका लागि ४७ लाख रुपैयाँ जुटाउने प्रतिबद्धता जनाएको छ ।

ncell

संघले भवन खरिद गरेको दोस्रो दिन बिहीबार विज्ञप्ति जारी गरेर मञ्चका अध्यक्ष जनक रावलले वैदेशिक रोजगार व्यवसायीहरूको आर्थिक सहयोगमा संघले आफ्नै प्रशासनिक भवन खरिद गर्नु हर्षको विषय भन्दै सहयोगी व्यवसायीको योगदानको मञ्चले उच्च कदर गरेको बताएका छन् ।

संघको भवन खरिद गर्नका लागि मञ्चबाट पहिलो चरणमा ४७ लाखको चेक र पछि थप आर्थिक संकलन गरी ५३ लाख ६१ हजार रुपैयाँ हस्तान्तरण गरिसकेको भन्दै अध्यक्ष रावलले संघको भवन खरिदका लागि ४७ लाखको चेक हस्तान्तरण गर्दा कति(पयले खिसिट्युरी गरे पनि मञ्चले आफ्नो इमानदारी र प्रतिबद्धता व्यवहारमा नै प्रमाणित गरेको टिप्पणी गरे ।

अध्यक्ष रावलले संघले हाल खरिद गरेको भवनको अगाडि अर्थात् मोहोडाको घरसमेत खरिद गर्ने प्रक्रियामा रहेकाले उक्त घर किन्नका लागि सम्पूर्ण व्यवसायीलाई सहभागी हुन अनुरोध गरे । उनले प्रतिबद्धता जनाएको रकम मञ्चले यथाशक्य छिटो संघलाई उपलब्ध गराउने पनि बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर