२०८१ चैत ९ गते शनिवार / Mar 22 , 2025 , Saturday
२०८१ चैत ९ गते शनिवार
Ads

मेक्सिकोमा बस दुर्घटना, कम्तीमा ३० जनाको मृत्यु

draupadi film
मध्यान्ह
२०८१ माघ २७ गते १५:१४
मेक्सिकोमा बस दुर्घटना, कम्तीमा ३० जनाको मृत्यु

काठमाडौंः मेक्सिकोको दक्षिणी क्षेत्रमा बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको पत्यक्षदर्शीले बताएका छन् । स्थानीय अधिकारीले अहिलेसम्म मृतक सङ्ख्या पुष्टि गर्ने आधिकारिक विवरण सार्वजनिक गरेका छैनन् ।

स्थानीय समयअनुसार शनिबार बिहान रिसोर्टहरूको शहर क्यानकुन र ताबास्को राज्यकोबीचमा यात्रा गरिरहेको एउटा बस एस्कार्सेगा शहरमा ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।

अधिकारीहरुले नौ जना घाइते भएको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको बताएका छन् भने स्थानीय सञ्चारमाध्यमले कम्तीमा ३० जनाको मृत्यु भएको समाचारमा जनाएका छन् ।

एस्कारसेगा रहेको क्याम्पेचे राज्यकी प्रशासन प्रमुख एलिसा हर्नान्डेजले भनिन्, ‘हामीसँग मृत्यु हुनेको आधिकारिक सङ्ख्या अझै प्राप्त भइसकेको छैन । मृतकको शरीर क्षतविक्षत भएकोले तिनीहरूलाई सङ्कलन गरी पहिचान गर्ने कमाम भइरहेको छ ।’

ताबास्को राज्यका गभर्नर जाभियर मेले सामाजिक सञ्जाल एक्समा भनेका छन्, ‘यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किँदा भयानक दुर्घटना भएको छ र यस दुःखद् क्षणमा हामी मृतकका परिवा्जनमा समवेदना प्रकट गर्दछौँ । हामी दुर्घटनापछिको आवश्यकता अनुसार सङ्घीय र क्याम्पेचे अधिकारीहरूसँग समन्वय गरिरहेका छौँ ।’

साँझसम्ममा ताबास्को राज्यको महान्यायाधिवक्ताको कार्यालयले एक विज्ञप्ति जारी गर्दै क्याम्पेचेका अधिकारीहरू र फरेन्सिक विज्ञान निर्देशनालयसँग मिलेर ‘पीडितहरूको पहिचान गर्न सहज हुने आनुवंशिक परीक्षण’ गर्न काम गरिरहेको बताएको छ।

ADV

सम्बन्धित खबर

Advertise