२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ

Nada
२०८१ माघ २७ गते १२:३०
Shares
ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ

काठमाडौंः ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ । 

ncell

प्रहरीका अनुसार बिहीबार जिरे भन्ने पल चेपाङ अपहरणमा परेको भनेर उनकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

साेही आधारमा अनुसन्धान गर्दा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भियतनामी नागरिक मि हाङ किन्हालुनले अपहरण गरेर ती बालकलाई कलंकीस्थित इलाम मेची गेस्ट हाउसमा बन्धक बनाइ राखेकाे अवस्थामा उद्धार गरेको हो । 

चेपाङलाई पञ्जाब लैजाने तयारीमा किन्हालुन रहेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । जसका लागि उनले बसको टिकट समेत काटिसकेका थिए । 


 

ताजा खबर

सम्बन्धित खबर