२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

घर भाडा नदिएको निहुँमा घरबेटीले गरे हत्या

Nada
२०८१ माघ २५ गते ११:२७
Shares
घर भाडा नदिएको निहुँमा घरबेटीले गरे हत्या

काठमाडौंः पाल्पाका एक घरबेटीले घर भाडा नदिएको निहुँमा एक जनाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार १४ सय रुपैयाँ घर भाडा नदिएको निहुँमा जिल्लाको तानसेन–११, साँचाका ३१ वर्षीय माधव विष्टले डेरामा बस्दै आएका रिब्दीकोट–१, जोगीथुमका ५२ वर्षीय रुद्रबहादुर बुढाथोकीको हत्या गरेका हुन् ।

ncell

बुढाथोकी ६ महिनादेखि विष्टको घरको एउटा कोठामा बस्दै आइरहेका थिए । मासिक ५ सय रुपैयाँ दिने सहमति भए पनि पछिल्लो समय १४ सय रुपैयाँ तिर्न बाँकी भएको र विवादका क्रममा मदिरा सेवन गरेका विष्टले हँसिया प्रयोग गरी बुढाथोकीको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुढाथोकी माघ २३ गते बिहान ८ बजेतिर डेरामा मृत भेटिएका थिए । मृतकको नाक, निधार, मुख र सुतेको खाटमा समेत रगत लागेको थियो ।

विष्टले अनुसन्धानका क्रममा हत्या गरेको स्वीकारेका थिए । उनलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर