२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

अभिलेख संरक्षण विधेयक पारित

Nada
२०८१ असार १३ गते १७:०७
Shares
अभिलेख संरक्षण विधेयक पारित

काठमाडौं : प्रतिनिधि सभाको आजको बैठकले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ । आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

ncell

राष्ट्रियसभामा उत्पत्ति भएको उक्त विधेयकबारे आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन माथिसमेत सामान्य छलफल भएको थियो ।

अभिलेख संरक्षणसम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल बनाउन र नेपालमा हाल रहेका अभिलेखहरुको संरक्षणका सम्बन्धमा प्रचलित कानूनमा रहेका अन्य समसामयिक तथा प्राविधिक विषय सुधार गर्न अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न वाञ्छनीय रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो ।

प्रतिनिधि सभाको अर्को बैठक यही असार १४ गते बिहान ११ बजे बस्नेछ ।

ताजा खबर

सम्बन्धित खबर