२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

सुन जस्तो देखिने धातुसहित पक्राउ

Nada
२०८१ माघ १८ गते १६:००
Shares
सुन जस्तो देखिने धातुसहित पक्राउ

काठमाडौंः अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ११ ग्राम ६ सय ६० मिलिग्राम तौलको सुन जस्तो देखिने धातुको औंठी २ थानसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ncell

पक्राउ पर्नेहरूमा अष्ट्रेलियन नागरिक ३९ वर्षीय चन्द्र कुमार पराजुली र पर्वत मोदी गाउँपालिका–७ घर भएका ४० वर्षीय प्रमोद शर्मा रहेका छन् । 

मलेसियन एयरलाइन्सको उडानद्वारा काठमाडौं आएका चन्द्र कुमारबाट प्रमोदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन अध्यागमन क्षेत्रको शौचालय भित्रबाट उक्त धातुको औंठी संकलन गरी भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ । 

ताजा खबर

सम्बन्धित खबर