२०८२ कार्तिक ७ गते शुक्रवार / Oct 24 , 2025 , Friday
२०८२ कार्तिक ७ गते शुक्रवार
Ads

सुन जस्तो देखिने धातुसहित पक्राउ

shivam cement
मध्यान्ह
२०८१ माघ १८ गते १६:००
सुन जस्तो देखिने धातुसहित पक्राउ

काठमाडौंः अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ११ ग्राम ६ सय ६० मिलिग्राम तौलको सुन जस्तो देखिने धातुको औंठी २ थानसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा अष्ट्रेलियन नागरिक ३९ वर्षीय चन्द्र कुमार पराजुली र पर्वत मोदी गाउँपालिका–७ घर भएका ४० वर्षीय प्रमोद शर्मा रहेका छन् । 

मलेसियन एयरलाइन्सको उडानद्वारा काठमाडौं आएका चन्द्र कुमारबाट प्रमोदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन अध्यागमन क्षेत्रको शौचालय भित्रबाट उक्त धातुको औंठी संकलन गरी भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ । 

ADV

सम्बन्धित खबर

Advertise