२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

एसईई नतिजा : करिब ४८ प्रतिशत परीक्षार्थी पास, ५२.१४ प्रतिशत ‘नन ग्रेडेड’

Nada
२०८१ असार १३ गते १०:१८
Shares
एसईई नतिजा : करिब ४८ प्रतिशत परीक्षार्थी पास, ५२.१४ प्रतिशत ‘नन ग्रेडेड’

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको (एसईई) को नतिजा सार्वजनिक गरेको हो । बिहीबार बिहान बसेको बोर्ड बैठकको निर्णयसँगै नतिजा सार्वजनिक गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

ncell

परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेड (एनजी) भएका छन्।

२ लाख ४२ हजार ९२ जना फेल (एनजी) भएका हुन् । नतिजा अनुसार १८६ जनाले चार जीपीए ल्याएका छन् । अध्यक्ष शर्माका अनुसार २ सय २१ जनाको परीक्षा रद्द गरिएको छ ।

गत चैत १५ गतेदेखि शुरु भएको एसईईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए । यस वर्षदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार हरेक विषयमा ७५ पूर्णाङ्कको लिखित परीक्षा सञ्चालन भएकाले न्यूनतम २७ अंक अर्थात् ‘डी’ ग्रेड नल्याउने विद्यार्थी ननग्रेड भएका हुन्।

‘डी’ ग्रेड अर्थात् १.६ जीपीएभन्दा कम अंक ल्याउने विद्यार्थीको नतिजा ननग्रेडिङ (एनजी) भएको छ। दुई विषयसम्म एनजी आउने विद्यार्थीले बोर्डले एक महिनापछि सञ्चालन गर्ने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन्। जुन विषयमा एनजी भएको हो सोही विषयको मात्रै परीक्षा दिए हुने बोर्डले जनाएको छ।

दुई विषयभन्दा बढीमा एनजी आएका विद्यार्थीले अर्को वर्ष सम्बन्धित विषयको मात्र परीक्षा दिन पाइने व्यवस्था बोर्डले गरेको छ।

यस्ता विद्यार्थीले ३ वर्षसम्म वार्षिक परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ। त्यसपछि भने पुनः सबै विषयको परीक्षा दिनुपर्नेछ। ‘डी’ ग्रेडसम्म ल्याउने विद्यार्थी मात्रै अब माथिल्लो कक्षामा भर्ना र पठनपाठन गर्न योग्य ठहरिने बोर्डले जनाएको छ।

एसइई नतिजा वेबसाइट,एसएमएस र आइभिआरबाट हेर्न सकिने बोर्डले जनाएको छ । नेपाल टेलिकमले पनि नतिजा हेर्ने व्यवस्था मिलाएको छ । आइभिआरका लागि नेपाल टेलिकमको ल्यान्डलाइन फोन,मोबाइलबाट १६०० डायल गरि प्राप्त निर्देशनअनुसार रिजल्ट थाहा पाउन सकिने छ ।

एसएमएसको लागि मोबाइलको म्यासेज बक्समा SEE<space> <symbol number>  टाइप गरी १६०० मा पठाउनुपर्ने छ । वेबसाइटको लागि Website: http://see.ntc.net.np मार्फत हेर्न सकिने छ।

 

ताजा खबर

सम्बन्धित खबर