२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने ४ जना पक्राउ

Nada
२०८१ माघ १५ गते १६:४०
Shares
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने ४ जना पक्राउ

काठमाडौंः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ncell

पक्राउ पर्नेहरूमा सल्यान छत्रेश्वरी गाउँपालिका–६ घर भइ काठमाडौं महानगरपालिका–१४ बस्ने २५ वर्षीय सुनिल दसौदी, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–५ घर भइ ललितपुर महालक्ष्मी नगरपालिका–५ बस्ने ३१ वर्षीय विकाश दवाडी, गोरखा शहिदलखन गाउँपालिका–७ घर भइ काठमाडौं महानगरपालिका–१६ बस्ने ३७ वर्षीय सुरेन्द्र विक र काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ बस्ने २४ वर्षीया विशाखा पौडेल रहेका छन् । 

पक्राउ मध्ये सुनिलले सर्विया पठाइदिछु भन्दै १ जना पीडितबाट २२ लाख ३८ हजार रूपैयाँ, विकाशले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख रूपैयाँ, सुरेन्द्रले अमेरिका पठाइदिन्छु ‍भन्दै १ जना पीडितबाट ९७ लाख ५४ हजार रूपैयाँ र विशाखाले कुबेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ६० हजार रूपैयाँ लिइ सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुनिललाई काठमाडौं टेकुबाट, सुरेन्द्रलाई काठमाडौं महानगरपालिका–१४ बाट र विशाखालाई काठमाडौं महानगरपालिका–१२ बाट आइतबार तथा विकाशलाई ललितपुर महालक्ष्मी नगरपालिका५ बाट सोमबार पक्राउ गरेको हो । 

पक्राउ मध्ये सुनिल, विकाश र विशाखालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं तथा सुरेन्द्रलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

ताजा खबर

सम्बन्धित खबर