२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

एसईईको नतिजा भोलि बिहान सार्वजनिक गरिने

Nada
२०८१ असार १२ गते १७:०३
Shares
एसईईको नतिजा भोलि बिहान सार्वजनिक गरिने

काठमाडौँ  : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने भएको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बिहीबार बिहान ९ बजे नतिजा सार्वजनिक गरिने बताए ।

ncell

बोर्डले बुधबार नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, केही प्राविधिक तयारी नपुगेको भन्दै बोर्डले बिहीबार सार्वजनिक गर्न लागेको हो ।  गत चैतमा सञ्चालन भएको शैक्षिक सत्र २०८० को एसईई परीक्षामा देशभरबाट ४ लाख ९१ हजार ४९७ परीक्षार्थी सहभागी भएका थिए । 

बोर्डले यो वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्न लागेको हो । जसमा सैद्धान्तिक र आन्तरिकको मुल्यांकन   फरक–फरक रूपमा गर्ने व्यवस्था छ ।

ताजा खबर

सम्बन्धित खबर