२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

बज्रयोगिनी साधना केन्द्रले मनायो १०औं राष्ट्रिय योग दिवस

Nada
२०८१ माघ २ गते २०:२७
Shares
बज्रयोगिनी साधना केन्द्रले मनायो १०औं राष्ट्रिय योग दिवस

काठमाडौं : काठमाडौं तारकेश्वर नगरपालिका ४ लोलाङ्गमा  संचालित बज्रयोगिनी योग साधना केन्द्रले १०औं राष्ट्रिय योग दिवस भव्य रुपमा सम्पन्न गरेको छ ।

ncell

तीन दिवसीय कार्यक्रमको आयोजना गर्दै पहिलो दिन पुस २८ गते फरक क्षमताका व्यक्तिहरुसँग योग, पुस २९ गते दोस्रो दिन योग साधन र दर्शनका विषयमा सत्संग र माघ १ राष्ट्रिय योग दिवसका दिन प्रोटोकल अनुसारका योग साधना गर्नुका साथै तारकेश्वर नगरमा रहेका मठ मन्दिर परिसरको  बृहत् सरसफाइ गर्दै कार्यक्रम सम्पन्न  गरेको छ । तेस्रो दिनको कार्यक्रममा युवा समिति  नेपालको समेत सहकार्य रहेको थियो ।

कार्यक्रमको अध्यक्षता केन्द्रका अध्यक्ष सुमन थापाले गरेका थिए । पतन्जली  योग तारकेश्वर नगर समितिका उपाध्यक्ष जगनाथ ज्ञावालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा  नगर योग कमिटीका (मिडिया प्रभारी) प्रचार–प्रसार संयोजक कमल पन्त, (शाशी), नगर योग कमिटी सदस्य केदार अधिकारी, सल्लाहकार बिष्णु तिवारी, युवा समिति  नेपालका कुमार श्रेष्ठ लगायतले १०औं योग दिवसको शुभकामना  मन्तव्य  राखेका थिए । 

संस्थाकी उपाध्यक्ष मैयाँ केसीले उपस्थित सबैमा धन्यवाद  ज्ञापन  गरेकी थिइन् । कार्यक्रको सञ्चालन संस्थाका सचिव राजेन्द्र  घिमिरे सागरले गरेका थिए । 

कार्यक्रममा संस्थाका अध्यक्ष सुमन थापाले तीन दिवसीय कार्यक्रमको भव्यताले उत्साह जगाएको बताउँदै फरक क्षमता भएका व्यक्तिहरुमा योग पुर्‍याउने हाम्रो अभियान  अन्तर्गत दृष्टि विहीनहरुसँग योग ध्यान गर्नुका साथै बज्रयोगिनी योग साधना केन्द्रको तर्फबाट केही खाद्य सामग्रीहरु  समेत सहयोग गरेको बताए । 

हरेक मानिसभित्र भएका नकारात्मक सोच विचार हटाउँदै सकारात्मक सोचको विकास गर्न, स्वस्थ शरीर र आनन्दित मन बनाउन योग ध्यान प्राणायाम जन–जनमा पुर्‍याउनु आफू निरन्तर लागि रहने उनले प्रतिबद्धता जनाए । उनले १० औं राष्ट्रिय योग दिवसको उपलक्ष्यमा सबैमा शुभभाव व्यक्त गरे । यस्तै युवा समिति नेपालका तर्फबाट कुमार श्रेष्ठले  बज्रयोगिनी योग साधना केन्द्रको सक्रियताको प्रशंसा गर्दै पटक–पटक सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । 

प्रमुख अतिथि जगतनाथ ज्ञवालीले योग ध्यानको बारेमा आफ्नो भनाइ राख्दै सबै योग साधक साधिका र गुरुजनहरुमा १०औं राष्ट्रिय योग दिवसको शुभकामना व्यक्त गरे । कार्यक्रममा विभिन्न साधना केन्द्रका प्रतिनिधिका साथै उल्लेखनीय रुपमा साधक साधिकाको उपस्थिति रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर