२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

छुटे रवि लामिछाने

Nada
२०८१ माघ २ गते १९:४५
Shares
छुटे रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर छुटेका छन् ।

ncell

काठमाडौँ कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना मुद्दामा तीन दिन प्रहरी हिरासत बसेर लामिछाने धरौटी बुझाएर रिहा भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले रविलाई ६० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । उक्त आदेशलगत्तै बैंक ग्यारेन्टीमार्फत रविले धरौटी रकम बुझाएका छन् ।

रविलाई प्रहरीले परिवारको जिम्मा लगाएको छ। पोखराबाट ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएपछि लामिछाने आइतबार बिहान अदालत उपस्थित भएका थिए ।

ताजा खबर

सम्बन्धित खबर